
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा, बारा र महोत्तरीका ५० जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए । संक्रमित पर्साका २६ बाराका २० र महोत्तरीका ४ जना रहेका छन् । बाराको जितपुर सिमरा उप–महानगरपालिकाका विभिन्न वडाहरुका गरी १९ जनामा संक्रमण देखिएको हो। विश्रामपुर गाउँपालिका एक जनामा, महोत्तरीको जलेश्वर नगरपालिकाका दुई जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै पर्साको परीक्षण महानगरपालिकाका स्थानीय,नारायणी अस्पतालका कर्मचारी, स्विपर लगायत ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। वीरगञ्जको पानीटंकी, घडीअर्वा, श्रीपुर, छपकैया लगायतका टोलहरुमा संक्रमित देखिएका छन् । संक्रमण देखिनेमा १२ जना महिला र ३८ पुरुष रहेका छन् । दुई वर्षका बालक देखि ६९ वर्षका वृद्धसम्ममा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्