
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा भएको परीक्षणका क्रममा ६ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा एक हजार ९४५ जनामा संक्रमण पुष्टी भएको छ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका भेरीगंगाका एक पुरुष र एक महिला रहेका छन् । त्यस्तै दैलेखको नारायण नगरपालिका २७ वर्षकी महिला र डुंगेश्वर २ का २७ वर्षका पुरुष रहेका छन्। त्यस्तै रुकुम पश्चिमको मुसिकोटका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ जना संक्रमित उपचार पछी डिस्चार्ज भएका छन्। हालसम्म कोभिड९१९ संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ७२८ रहेको छ। हालसम्म कर्णाली प्रदेशमा कोभिड९१९ संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या ६ छ। कर्णाली प्रदेशमा आइसोलेसनमा रहेका तथा रहने कममा रहेका कोभिड९१९ का सक्रिय बिरामीको संख्या २११ रहेको मन्त्रालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्