×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, प्रदेशमा संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, प्रदेशमा संक्रमित संख्या कति पुग्यो ?

Artha Sarokar

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा भएको परीक्षणका क्रममा ६ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा एक हजार ९४५ जनामा संक्रमण पुष्टी भएको छ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका भेरीगंगाका एक पुरुष र एक महिला रहेका छन् । त्यस्तै दैलेखको नारायण नगरपालिका २७ वर्षकी महिला र डुंगेश्वर २ का २७ वर्षका पुरुष रहेका छन्। त्यस्तै रुकुम पश्चिमको मुसिकोटका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ जना संक्रमित उपचार पछी डिस्चार्ज भएका छन्। हालसम्म कोभिड९१९ संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ७२८ रहेको छ। हालसम्म कर्णाली प्रदेशमा कोभिड९१९ संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या ६ छ। कर्णाली प्रदेशमा आइसोलेसनमा रहेका तथा रहने कममा रहेका कोभिड९१९ का सक्रिय बिरामीको संख्या २११ रहेको मन्त्रालयले जनाएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी