- अर्थ सरोकार सम्बाददाता
वीरगंज । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पर्साका ४७, बाराका ३०, मोरङ र काठमाडौंका १-१ जना गरी ७९ जनामा संक्रमण पुष्टी भएको हो । वीरगंज २४ रामगढवाका एक जना ७५ वर्षिय वृद्धमा जिन एक्सपर्ट पोजेटिभ देखिएको छ ।
पर्साका ४७ जनामध्ये पोखरीया नगरपालिकाका १२ जना, बाराको कलैयाका विभिन्न वडाका, विश्रामपुरका ३ जना, महागढीमाई र जितपुर सिमरा उपमहानगरपालिकका २-२ जना संक्रमित रहेका छन् । प्रयोगशाला शनिवार भएको ४ सय ४२ जनाको परीक्षण गरिएको थियो ।