×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा हालसम्म ६ सय ७५ जना कोरोनामुक्त, संक्रिय संक्रमितको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दाङमा हालसम्म ६ सय ७५ जना कोरोनामुक्त, संक्रिय संक्रमितको संख्या कति ?

Artha Sarokar

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङमा हालसम्म ६ सय ७५ जना कोरोनामुक्त भएका छन । दाङमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २ सय ८० जना संक्रमित भेटिएकोमा २ सय ७१ जना निको भई घर फर्किएका छन ।बंगलाचुली गाउँपालिकामा एक सय ६० जना संक्रमित पुष्टी भएकोमा सबै निको भैसकेका छन् भने दंगिशरण गाउँपालिकामा ५ जना संक्रमित पुष्टी भएकामध्ये ५ जना नै कोरोना मुक्त भएका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिकामा ७८ जनामा कोरोना संक्रमण देखिएको र ६५ जना निको भैसकेका छन् । गढवामा ४५ जनामा संक्रमण पुष्टी भएका मध्य ४३ जना निको भएका छन् भने शान्तिनगरमा ३५ जनामा संक्रमण देखिएकोमा २५ जना कोरोना मुक्त भएका छन् ।
लमही नगरपालिकामा ३५ जनामा संक्रमण पुष्टी भएको र २९ जना कोरोना मुक्त भएका छन् । यसैगरी, राप्ती गाउँपालिकामा ३४ जनामा संक्रमण पुष्टी भएका मध्य ३२ जना निको भएका छन् । बबईमा ३२ जनामा संक्रमण पुष्टी भएकोमा २७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए । राजपुरमा २० जनामा संक्रमण पुष्टी भएको थियो भने ती मध्ये १९ जना निको भएका छन् । हाल दाङमा ५० जना संक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी