×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोरोना भाइरसको पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उहाँहरुको पिसिआर परीक्षण गरिएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सिसिएमसीको उक्त बैठकमा सहभागी थिए । उनीहरुको स्वाब शनिबार बिहान सङ्कलन गरिएकामा साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । 
बैठकमा चियापानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टीभएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै आइसोलेसनमा बसेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: