
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । आइतबार सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका एक गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीको बर्दगोरी गाउँपालिका वडा नम्वर ५ का तीन महिला र पाँच पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका वडा नम्वर ५ का दुई पुरुष, जोशीपुर गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार धनगढी उप–महानगरपालिकाका दुई पुरुष, घोडाघोडी नगरपालिका वडा नम्वर १ र गोदावरी नगरपालिकाका एक/एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ। यस्तै बैतडीको पाटनका २६ बर्षीय युवकमा समेत कोरोना पुष्टि भएको छ ।
आईतवार २३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय १५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय ७०, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्