
- अर्थ सरोकार सम्बाददाता
डडेल्धुरा । आइतबार सुदूरपश्चिममा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४९ र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा बझाङका ४७ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताउनुभयो । उहाँका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जना र शैल्यशिखर नगरपालिकाका एक जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो ।
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भने ८८ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताउनुभयो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ६३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्