×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४३ लाख ३५ हजार ७४१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ७४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख २९ हजार ६७६ पुगेको छ । हालसम्म १ करोड ६८ लाख ७४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ३६५ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ८३ हजार ६५३ जनाको मृत्यु भएको छ । 
ब्राजिलमा हालसम्म ३७ लाख २२ हजार ४ जना संक्रमित हुँदा १ लाख १७ हजार ७५६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३३ लाख १० हजार २३४ संक्रमित हुँदा ६० हजार ६२९ जनाको मृत्यु भएको छ । यस्तै बेलायतमा हालसम्म ४१ हजार ४६५ जनाको मृत्यु भएको छ भने ३ लाख २८ हजार ८४६ जना संक्रमित रहेका छन् । नेपालमा भने अहिलेसम्म ३४ हजार ४१८ जना संक्रमति फेला पर्दा १९ हजार ५०४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १७५ जनाको भने मृत्यु भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: