×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, मृत्यु हुनेको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो, मृत्यु हुनेको संख्या कति पुग्यो ?

Artha Sarokar

२७ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोनाबाट संक्रमित हुने मानिसको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६२४ पुगेको छ । कोरोना भाइरसका सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेका छन् ।
त्यस्तै ब्राजिलमा पनि कोरोना भाइरसका संक्रमितको संख्या ३० लाख नाघेको छ । भारतमा पनि कोरोना भाइरसका २२ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि सात लाख ३६ हजार १९१ पुगेको छ । अहिलेसम्म विश्वभर एक करोड २२ लाख कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी