
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । देशभरी कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन । केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशीक अस्पतालमा १ हजार ९ सय ५७ बेड थप भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै विभिन्न ६ सय ४९ पालिकामा ३ हजार २ सय ४५ वटा बेड थप भएका छन ।
अस्पतालहरु नभएका प्रत्येक पालिकामा पालिकामा ५ वटा बेड थप भएका हुन । हरेक अस्पतालमा जनशक्ति सहित बेड थप भएका हुन । यस्तै गरी सरकारले थप ३ वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । नेपालमा प्लाज्मा थेरापी विधिबाट २० भन्दा बढीको सफल उपचार भएको उहाँले बताउनुभयो । देशका विभिन्न अस्पतालमा ४२ जनाले प्लाज्मा दान गरेका छन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्