×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोभिड विशेष अस्पतालमा सूचीकृत भए यी ३ अस्पताल, ६ हजारबढी बेड पनि थपियो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोभिड विशेष अस्पतालमा सूचीकृत भए यी ३ अस्पताल, ६ हजारबढी बेड पनि थपियो !

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ ।  देशभरी कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन । केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशीक अस्पतालमा १ हजार ९ सय ५७ बेड थप भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यस्तै विभिन्न ६ सय ४९ पालिकामा ३ हजार २ सय ४५ वटा बेड थप भएका छन । 
अस्पतालहरु नभएका प्रत्येक पालिकामा पालिकामा ५ वटा बेड थप भएका हुन । हरेक अस्पतालमा जनशक्ति सहित बेड थप भएका हुन । यस्तै गरी सरकारले थप ३ वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । नेपालमा प्लाज्मा थेरापी विधिबाट २० भन्दा बढीको सफल उपचार भएको उहाँले बताउनुभयो । देशका विभिन्न अस्पतालमा ४२ जनाले प्लाज्मा दान गरेका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: