×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रिमशन अस्पतालकी स्टाफ नर्समा कोरोना संक्रमण पुष्टी,आइसोलेशनमा उपचार हुँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

क्रिमशन अस्पतालकी स्टाफ नर्समा कोरोना संक्रमण पुष्टी,आइसोलेशनमा उपचार हुँदै

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमशन अस्पतालमा कार्यरत एकजना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टी भएको छ । अस्पतालको ओपिडी विभागमा कार्यरत स्टाफनर्समा कोरोना पुष्टी भएपछि ओपिडी शाखा बन्द गरी त्यहाँ कार्यरत कर्मचारी एवं चिकित्सकलाई निगरानीमा राखि परीक्षणको क्रम अगाडि बढाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नगरपालिकाले तयार गरेको आइसोलेशनमा पठाइएको छ । तिलोत्तमा नगरपालिकामा बुधबार मात्रै १४ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रयाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिनु भयो । तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसँगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टी भएको छ भने ३८ जना संक्रमण मुक्त भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: