Skip to content
LAXMI SUNRISE BANK

समस्याग्रस्त क्रिष्टल फाइनान्सको इजाजतपत्र नेपाल राष्ट्र बैंकद्वारा खारेज, १५.८८ प्रतिशत ऋण उठ्न सकेन !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्स लिमिटेडको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै उक्त फाइनान्सको इजाजतपत्र खारेज गरेको जनाएको हो ।अहिले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ दफा ८० अनुसार उक्त संस्थाको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले २०५८ साल फागुन ८ गते उक्त संस्थालाई इजाजतपत्र दिएको थियो ।

तर फाइनान्सलाई राष्ट्र बैंकले २०६९ सालमै समस्याग्रस्त घोषणा गरेको थियो । सञ्चालक तथा व्यवस्थापनको मिलेमतोमा वित्तीय घोटाला भएको तथा व्यापक मात्रामा कर्जा दुरुपयोग भएपछि कम्पनी समस्याग्रस्त बनेको थियो । यस्तै कम्पनीको कुल ऋणमध्ये १५.८८ प्रतिशत उठ्न नसक्ने अवस्थामा पुगेको थियो। 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK