×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा नेपाली सेनाद्वारा दुई संक्रमितको शव व्यवस्थापन, जिल्लामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

PRIME CA

रौतहटमा नेपाली सेनाद्वारा दुई संक्रमितको शव व्यवस्थापन, जिल्लामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटमा दुई जना कोरोना संक्रमितको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । ईन्द्रबक्स गण गौरबाट तालिम प्राप्त टोलीले मौलापुर नपा–३ गमहरिया गाउँछेउ र यमुनामाई गापा–३ राजपुर छेउ खाली स्थानमा शव व्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँणले बताए । तालिम प्राप्त सेनाको टोलीले राष्ट्रिय धुन बजाएर सलामीसहित संक्रमितको शव व्यवस्थापन गरेको कर्णेल खाँणले जानकारी दिएका छन ।
गमहरियाका ३० वर्षीय पुरुष श्वास प्रश्वास तथा किड्नी रोगबाट ग्रसित हुँदा गत ७ गते वीरगञ्जस्थित कोरोना विशेष हेल्थ केयर अस्पतालमा पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो । यस्तै राजपुरका ४० वर्षीय पुरुष चिनिरोग, ज्वरो र झाडापखालाबाट ग्रसित भएपछि गत १२ गते वीरगञ्जस्थित कोरोना विशेष गण्डक अस्पतालमा भर्ना गर्ने क्रममा पीसीआर जाँचमा पोजेटिभ देखिएको थियो । रौतहटमा कोरोनाभाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: