×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट महोत्तरीकी ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु

GLOBAL IME BANK

कोरोनाबाट महोत्तरीकी ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
महोत्तरी । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु छ । योसँगै मृतकको कुल संख्या २२८ पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षियाबालिकासहित ७ जनाको मृत्यु भएको जानकारी दिए । 
मृत्यु हुनेमा महोत्तरीमा ४ वर्षिया बालिका, गोरखा र रुपन्देहीका एक एक गरी तीन तीन महिला रहेका छन् ।यस्तै झापा, रौतहट, चितवन भक्तपुरका एक एक जना रहेका छन् । यस्तै आज देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रवक्ता गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: