×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक हप्तामा विदेशमा थप ३ जना नेपालीको मृत्यु, झन्डै ३५ हजारमा संक्रमण पुष्टी !

GLOBAL IME BANK

एक हप्तामा विदेशमा थप ३ जना नेपालीको मृत्यु, झन्डै ३५ हजारमा संक्रमण पुष्टी !

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसबाट एक हप्तामा विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो हप्ता विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको हो । 
बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीहरुको संख्या १९५ पुगेको छ ।  
हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: