×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलालीका बैंक तथा वित्तिय संस्था अव एक दिन बिराएर खुल्ने !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कैलालीमा मङ्गल्बारदेखि बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको उपस्थितिमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसंग बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बढ्दै गएपछि एकदिन बिराएर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धरम बिष्टले जानकारी दिनुभयो । उहाँले मङ्गल्बारदेखि नै लागू हुनेगरी कैलालीका बैंक तथा बित्तीय संस्था एक दिन बिराएर खुल्ने बताउनुभएको छ ।

बिष्टका अनुसार बैंक एकदिन बिराएर विहान ८ बजेदेखि ११ बजेसम्म बैंक खुल्नेछन् । यो निर्णयसंगै गौरा पर्वको बिदा परेका कारण कैलालीका बैंक अब एकैपटक बिहीबार मात्रै खुल्ने छन् । बैंक सोमबार खुलेको हुँदा मङ्गलबार खुल्ने छैन भने बुधबार गौरा पर्वको बिदा छ । त्यसको पछिल्लो दिन बिहीबार बैंक खुल्ने छन् ।

साथै सोमबारनै नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंकका दुई सय जना कर्मचारीको पीसीआर टेष्ट गरिएको छ । उनीहरूको रिपोर्ट आउन बाँकी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: