×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा नियम नमान्ने सवारीको भिड, ११ तस्विरमा हेर्नुहोस् यसरी बढ्दैछ कोरोनाको जोखिम ! (फोटो-कथा)

PRIME CA

धनगढीमा नियम नमान्ने सवारीको भिड, ११ तस्विरमा हेर्नुहोस् यसरी बढ्दैछ कोरोनाको जोखिम ! (फोटो-कथा)

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कोरोना कहकाबीच धनगढीको माहोल दैनिक रुपमा सक्रिय बन्दै गएको छ । पछिल्लो समय लगातार कोरोना संक्रमितको संख्या बढ्दै गईरहेका बेला धनगढीको चहलपहल भने दैनिक रुपमा बढेको देखिएको छ । निको हुने संक्रमितको संख्या बढेको भएतापनि सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको छ । 

झण्डै १२० दिनको लकडाउनपछि जोखिम कम भएको भन्दै सरकारले लकडाउनको अन्त्य गरेको थियो । त्यसप्रश्चात पुनः संक्रमितको संख्या बढेसँगै पुन सुदूरपश्चिमका विभिन्न स्थानिय तहहरुमा लकडाउन तथा शिलबन्दी समेत गरिएको थियो । संक्रमितको संख्या बढेसँगै र जोखिम उच्च भएको भन्दै धनगढीमा जोरबिजोर प्रणाली लागु गरिएको थियो तर सरकारले गरेको उक्त नियमको पालना भएको भने देखिएको छैन । 

धनगढीमा जोरबिजोर प्रणालीको लागु गरिएको भएतापनि त्यसको पालना हुन नसक्दा कोरोना संक्रमणको जोखिम झनै बढेको छ । त्यस्तै बजारमा हिँड्ने सर्वसाधरणहरुले मास्क, सेनिटाइजर लगाएतका अति आवश्यक सुरक्षा सामाग्रीको प्रयोग पनि गरिएको देखिदैन । बजारमा बिना सुरक्षा चहलपहल बढेसँगै कोरोनाको जोखिम पनि त्यत्तिकै मात्रामा बढ्दै गएको छ । नियमको उल्लंघन गर्दै धनगढी बजारमा निस्किने सर्वसाधरणको भिड ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: