×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनुषामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो

PRIME CA
GLOBAL IME BANK

धनुषामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका ३ का ६५ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको प्रादेशिक अस्पतालको आइसोलेसनमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका निमित प्रमुख तथा आइसोलेशन इन्चार्ज डा. जामुन सिंहले जानकारी दिए ।
उनका अनुसार दम रोगको सिकायत रहेका ती पुरुषलाई रुघाखोकी, ज्वरो र श्वासश्वासमा समस्या भएपछि गएको साउन २६ गते पीसीआर परिक्षण गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएपछि साउन ३१ गते प्रादेशिक अस्पताल अन्तर्गत निर्माण गरेको कोभिड दोश्रो लेभलको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: