×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टी, मृत्यु हुनेको संख्या ८ पुग्यो

PRIME CA
GLOBAL IME BANK

धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टी, मृत्यु हुनेको संख्या ८ पुग्यो

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचाररत पुरुषको गत शुक्रबार मृत्यु भएको थियो । 
शवको अन्तिम संस्कारसमेत गरिसकेको अवस्थामा आइतबार राति मृतक पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको हो । प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ज्वरो र रुघाखोकीबाट ग्रसित ती युवकलाई उपचारका लागि ल्याइएको थियो । यससँगै धनुषामा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: