
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचाररत पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।
शवको अन्तिम संस्कारसमेत गरिसकेको अवस्थामा आइतबार राति मृतक पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको हो । प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ज्वरो र रुघाखोकीबाट ग्रसित ती युवकलाई उपचारका लागि ल्याइएको थियो । यससँगै धनुषामा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्