×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट थप एक महिलाको मृत्यु, विराटनगरमा मात्रै ७ जनाको ज्यान गयो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाबाट थप एक महिलाको मृत्यु, विराटनगरमा मात्रै ७ जनाको ज्यान गयो !

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।विराटनगर-२ की ५० वर्षिया महिलाको उपचारका क्रममा शनिबार राति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । सापकोटालेका अनुसार अहिले मृतकको शव व्यवस्थापन भइरहेको छ।
फोक्सो, मुटु र थाइरोइडको समस्या रहेकी महिलाको दिल्लीमा मुटुको उपचार पनि भएको थियो ।  विराटनगरस्थित न्यूरो अस्पतालमा पाँच दिनदेखि उपचाररत ती महिलालाई अत्याधिक ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो।
यससंगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी