×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित युवतीले छोरी जन्माइन्, दुवैको स्वास्थ्य अवस्था सामान्य

GLOBAL IME BANK

कोरोना संक्रमित युवतीले छोरी जन्माइन्, दुवैको स्वास्थ्य अवस्था सामान्य

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धरान
  • अर्थ सरोकार सम्बाददाता 
धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित युवतीले छोरी जन्माएकी छिन् । विराटनगर–२ की २० वर्षीया महिलाले सोमबार बेलुका ६ बजे प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सामान्य रुपमा छोरी जन्माएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
भदौ ३ गते ती युवतीमा संक्रमण पुष्टी भएको थियो । उनलाई भदौ ७ गते वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो ।आमा र छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: