- अर्थ सरोकार सम्बाददाता
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै जना संक्रमितमा अत्याधिक खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो ।
मृतक दुबैमा आइतबारमात्रै कोरोना पोजेटिभ देखिएको थियो । शवको व्यवस्थापन गर्ने तयारी थालिएको प्रतिष्ठानले जनाएको छ ।