Skip to content
LAXMI SUNRISE BANK

धुलिखेल अस्पतालमा अर्का संक्रमितको पनि मृत्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार  सम्बाददाता 
काभ्रे । धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको गएराति साढे १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका उनी पिसाब बन्दको समस्यापछि धुलिखेल अस्पतालमा उपचार गराउन आएका काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए । यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK