
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले देशभरीका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ । कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका विरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न पत्राचार गरिएको हो ।
सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० मा गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी डिस्चार्ज गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
१० दिनपछि गरिएको परीक्षण पोजेटिभ आएपनि लक्षण नभएका सामान्य लक्षण मात्रै भएका विरामीलाई थप ४ दिन अस्पतालमा राखेर १४ औं दिन परीक्षण नगरी डिस्चार्ज गर्नुपर्ने उनले बताए । स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले गरेको पत्राचार अनुसार विरामी डिस्चार्ज नभएमा सरकारले सोधभर्ना नव्यहोर्ने पनि उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्