Skip to content
LAXMI SUNRISE BANK

उपत्यकाका विभिन्न क्षेत्रमा आज ‘लोडसेडिङ’ हुने, हेर्नुहोस् कहाँ-कहाँ हुने छैन बिजुली ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उपत्यकाका विभिन्न क्षेत्रमा आज(बुधबार, भाद्र १० गते) लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन अवरुद्ध हुने बताएकाे हाे ।
कुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखको हाँगाविगा कटान एवं लाइन मर्मत कार्य गर्नु पर्ने भएकाले बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर,मुसलवान टोल, सिभिल होम्समा लोडसेडिङ हुने भएको हो ।
त्यस्तै टौखेल, सितापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सिता होम्स, थापाचोक, आदेश्वर मन्दिर, इचगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सिताराम स्कुल, सुर्ति कारखाना, रामकोट, भिमढुँगा, नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरोध हुने प्राधिकरणले जनाएको छ । 
यी स्थानमा भोली बिहान १० बजेदेखी पाँच बजेसम्म लोडसेडिङ हुने भएको छ । स्विचाटार–स्वयम्भु फिडरले ति स्थानमा सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरुमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK