×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको हेड अफिसमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी

PRIME CA

एभरेष्ट बैंकको हेड अफिसमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी

२६ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट बैंकमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंस्थित लाजिम्पाटमा रहेको मुख्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। कर्मचारीमा कोरोना पुष्टी भएसंगै सो बैंकको केन्द्रीय कार्यालय दुई दिनका लागि सिल गरिएको छ । 
कोरोना संक्रमित कर्मचारीलाई सरकारी आईशोलेशनमा राखिएको छ भने बाँकी सबै कर्मचारीहरुलाई होम आईशोलेशनमा राखिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ । 
 त्यसैगरी, सो बैंकको कपिलबस्तु र लुम्बिनी शाखामा कार्यरत कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । एभरेष्ट बैंकका कूल चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण सक्रिय रहेको जनाइएको छ ।
सो बैंकबाट गत शुक्रबार कर्मचारीहरुको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा आइतबार दुई जनामा कोरोना संक्रमण देखिएको छ । बैंकको लेखा र एक जना सवारी चालकमा कोरोना भाइरस देखिएको छ । राजधानीभित्रैको बैंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सिंगो बैंकिङ क्षेत्रमा आतंक मच्चिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: