
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम प्रदेश
धनगढी । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै बैंकहरुको सेवापनि यतिबेला चुस्त र दुरुस्त बनाउन थालिएको छ । लगातार केहि दिनदेखि विभिन्न बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै धनगढीका बैंक तथा वित्तिय संस्थाहरुले सतर्कता अपनाउन थालेका छन् ।

देशभरिका विभिन्न बैंक तथा आफ्नै हेड अफिसका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै एभरेष्ट बैंकको धनगढी शाखाले पछिल्लो समय सतर्कता अपनाउन थालेको छ । सेवाग्राहीको अत्याधिक चाप रहने उक्त बैंकको शाखामा यतिबेला सेवाग्राहीको चाप घट्दै गएको छ । त्यसका साथै बैंकमा सतर्कता पनि त्यत्तिकै मात्रामा अपनाइएको छ ।
बैंकमा बाहिरबाट आउने सेवाग्राहीका लागि हात धुने साबुन पानिको समेत व्यवस्था गरिएको एभरेष्ट बैंकको धनगढी शाखा प्रमुख चन्द्र गुरुङ्गले बताए । ‘प्रत्येक दिन बिहान बेलुका नै सम्पुणै बैंक सेनिटाइज गर्ने काम गरेका छौँ’ ,उनले भने, ‘बैंक भित्र प्रवेश गर्दा सुरक्षागार्डबाट थर्मिङ्ग गरेरमात्र प्रवेशका लागि अनुमति दिने गरेका छौँ ।’ त्यस्तै बैंकमा आउने प्रत्येक सेवाग्राहीले अनिवार्य रुपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ र भौतिक दुरी अनिवार्य रहेको गुरुङ्गले बताए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्