×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Exclusive: एनआइसी एशियाको बदमासी, एउटा कम्पनीको चेक अर्कैको खातामा जम्मा गरेर ‘गैरकानुनी’ भुक्तानी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चेकमा तपाईं-हाम्रो सानो गल्ती भयो भने बैंकले भुक्तानी दिंदैन । यतिसम्मकि हस्ताक्षरमा बैंकका कर्मचारीलाई शंका मात्र लाग्यो भनेपनि बैंकले भुक्तानी दिंदैन । दिनुपनि हुँदैन । तर मोरङको पथरी शनिश्चरेमा रहेको एनआईसी एशिया बैंकले भने एक कम्पनीको एकाउन्ट पेइ चेक नै अर्को फर्मको खातामा जम्मा गरिदिएको खुलासा भएको छ । सामान्य बैंकिङ जानकारी भएको व्यक्ति पनि अचम्म पर्नेगरी प्रदेश नम्बर १ को पथरीस्थित बैंकले यसरी भुक्तानी गरेको हो । एउटा कम्पनीका पार्टनरले कम्पनीका नाममा खिचिएको चेक आफुमात्र संचालक भएको खातामा जम्मा गरेर रकम लागेपछि बैंकभित्रको लापरवाही छरपष्ट भएको हो ।
भएको के हो ?
घटना मोरंगको हो । पथरी शनिश्चरेमा रहको काविल कन्ट्रक्सन प्रा.लि. को नाममा काटिएको ३७ लाख ७३ हजार ६ सय १३ रुपैयाँको चेक बैंकले अर्कै कम्पनीको खातामा जम्मा गरिदियो । आफु पार्टनर भएको कम्पनीको रकम आफुमात्र ‘सिग्नेचरी’ भएको फर्मको खातामा आएपछि ती व्यक्तिले पैसा लिएर गए । जुन कम्पनीको नाममा चेक काटिएको हो, सो कम्पनीको खातामा उक्त चेक क्लियर भइ रकम जम्मा नै भएन । पथरी शनिश्चरे नगरपालीकाले भुक्तानी गरेको कृषि विकास बैंक लिमिटेडको उक्त चेक डिपोजिट गर्न कम्पनीका पार्टनरमध्येका एक गएका थिए । उनले आफ्नोमात्र हस्ताक्षर चल्ने खातामा उक्त चेक जम्मा गर्न आग्रह गर्दा बैंकले सजिलै गरिदियो । तर यो काम नियम विपरित भएको भन्दै कुरा उठेपछि बैंकभित्र कुन हदसम्मको लापरवाही हुने रहेछ भन्ने रहस्य खुल्यो ।
पथरी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले विनियोजन गरेको योजनाको रकम भुक्तानीमा यस्तो ‘काण्ड’ घटेको हो । उक्त योजना काविल कन्स्ट्रक्सन प्रा. लि.ले ठेक्का पारेको थियो । काम सम्पन्न भएपछि काविल कन्ट्रक्सन प्रा.लिलाई काम वापतको चेक दिइएको थियो । तर बैंकले उक्त रकम कम्पनीको खातामा नहाली सिधै रकम रविनकुमार राईको मात्र हस्ताक्षर भए पुग्ने खातामा रकम जम्मा गरी भुक्तानी गरेको छ । जो उक्त कम्पनीका पार्टनरसमेत हुन् । आफ्नो खातामा रकम आएपछि उनले सो रकम निकालेका छन् । बैंकले ३७ लाख ७३ हजार ६ सय १३ रुपयाँको एकाउन्ट पेइ चेक रविन राईको पारुहाङ ग्रिल उद्योगको नाममा जम्मा गरी राईलाई भुक्तानी गरेको देखिन्छ । अझ अचम्मको कुरा त के छ भने काविल कन्स्ट्रक्सनका संचालक भुवन थापाले आफ्नो कम्पनीको खाता एनआईसी एसिया बैंकमा नभएको बताएका छन् । खाता नै नभएको बैंकमा लगेर एउटा चेक अरु कसैको फर्ममा जम्मा हुनुलाई धेरैले ‘असम्भव वा मनपरीको पराकाष्टा’ भनेका छन्।

के भन्छ बैंक ?

यस विषयमा बुझ्न हामीले बैंकका ब्रान्च मेनेजर बिजय बिष्टलाई फोन गर्यौं । उनले यस घटनाकाबारे सबै कुरा बैंकका अपरेशनल इन्चार्जलाई थाहा भएको भन्दै बिनम नाम गरेका व्यक्तिको फोन नम्बर दिए । बिनम नाम गरेका ती व्यक्तिले बैंकको गल्ती भएको स्वीकार त गरे, तर गल्ती आफ्नो नभई ‘माथि’को भएको बताए । ‘माथिको भनेको कसको गल्ती हो ?’ हाम्रो प्रश्नमा उनले भने, ‘हामीले चेक स्क्यान गरेर माथि पठाउने हो, क्लियरिङमा । उतैबाट मिस्टेक भयो । उताबाट सहमति पाएपछि हामीले भुक्तान गर्यौं ।’

हामीसँग फोनमा निकै चर्कोसँग बोलेका उनी भन्दै थिए, ‘दुवै पक्षलाई कुनै पनि समस्या छैन । हामीलाई यस्तो भयो भनेर निवेदन आएको पनि छैन । आयो भने हामी मिलाउँछौं, तर आएको छैन । तपाईंका किन गएको ? हामीकहाँ आउनुपर्यो नि !’

हामीले पुन: प्रश्न गर्यौं, ‘ को कहाँ गयो भन्ने कुरा, त्यो त सेकेण्डरी कुरा भयो, पहिला भुक्तानी गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा हो नि होइन र ?’ हाम्रो प्रश्नपछी उनी अझ चर्को स्वरमा कराउन थाले, ‘होइन, यो सेकेण्डरी कुरा होइन, उहाँहरु निवेदन लिएर हामीकहाँ आउनुपर्छ, त्यो प्राइमरी कुरा हो, बरु बैंकले भुक्तानी गर्यो भन्नेचाहिं सेकेण्डरी कुरा हो ।’ हामीसँगको कुराकानीमा उनले सो कम्पनीका संचालक भुवन थापालाई इंकित गर्दै ‘भुवन दाई’ भनेर सम्बोधन गरेका थिए । यसले पनि ती कर्मचारीको चिनजान क्लाइन्टसँग छ र विश्वासकै भरमा सोहि अनुसार भुक्तानी भयो भन्ने शंका गर्ने ठाउँ प्रशस्तै छ । 
‘गल्ती त भएको हो नि ?’ हामीले प्रश्न गर्दा उनले फेरी आफ्नो अडान दोहोर्याए, ‘गल्ती भएको छ, तर बैंककै माथिबाट गल्ती भएको छ ।’ अझ उनले हामीसँग दुवै पक्षमध्ये कसैलाई चित्त नबुझे बैंक आउने हो, तपाईंकहाँ जाने हो र ?’ भनेर ‘ठुला कुरा’ गरे ।

उनले गल्ती स्वीकारिसकेपछी हामीले उनीसँग थप बहस गर्न चाहेनौँ । र त्यसपछि हामीले बैंकका प्रदेश नम्बर १का प्रमुख दीपक थापालाई फोन गर्यौं ।

दीपक थापा रहेछन् अर्का ‘नमुना’ बैंकर । पद बैंकको प्रदेश प्रमुख, तर पथरीमा बैंकको शाखा छ कि छैन भन्ने पनि थाहा रहेनछ उनलाई । ‘हामीले पथरीमा यस्तो घटना भएछ नि !’ भनेर सोध्दा उनले त उल्टै ‘त्यहाँ हाम्रो शाखा नै छैन’ भनेर गैरजिम्मेवार उत्तर दिए । हामीले बैंकको घटनाको डिटेल जानकारी दिएपछि उनले भने, ‘त्यहाँ हाम्रो हेड अफिसमा अर्जुनजीसँग कुरा गर्नुहोस् न । उहाँले उत्तर दिनुहुन्छ ।’

बैंकको कमजोरी भएको पुष्टी हुन अव केहि बाँकी थिएन । र पनि उनले कुरा गर्नु भनेका अर्जुन खनियाँसँग  पनि हाम्रो सम्पर्क भयो । उनले पनि कुनै कम्पनीको चेक अर्को कम्पनी वा व्यक्तिका नाममा जम्मा हुनु गलत भएको स्वीकारे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: