Skip to content
LAXMI SUNRISE BANK

Exclusive: एनआरएन लघुवित्तले यसरी रुवायो कर्मचारीलाई… संस्थाका प्रमुख भन्छन्, ‘जे भयो, त्यसमा गलत नियत थिएन…’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । नेपाल राष्ट्र बैंकबाट  ‘घ’ बर्गको इजाजतप्राप्त प्राप्त संस्था एनआरएन लघुवित्त वित्तीय संस्थाले आफ्नो राजिनामा स्वीकृत नगरेर आफुलाई अरु संस्थामा काम गर्नबाट बन्चित गराएको भन्दै त्यहाँका तत्कालीन कर्मचारीहरुले गुनासो पोखेका छन् । अर्को संस्थामा नियुक्ति लिनका लागि छोडेको संस्थाबाट राजिनामा स्वीकृत भएको पत्र चाहिने हुनाले उनीहरु सो स्वीकृतिपत्रबाट बन्चित हुँदा जागिर नै खान नपाएको भन्दै कर्मचारीहरुले गुनासो पोखेका हुन् ।
कतिपय कर्मचारीले त साबिकको दिब्य लघुवित्त हुँदा आफुले दिएको राजिनामा दिब्य लघुवित्त एनआरएनसँग गाभिने काम सकिंदा पनि आफ्नो राजिनामा स्वीकृत नगरेर संस्थाले आफुहरुलाई मानसिक तनाव दिएको र रोजगारीका लागि स्वतन्त्र हुने आफ्नो अधिकारमाथि धावा बोलिएको भन्दै संस्थाका कर्मचारीहरुको नियतमाथि नै प्रश्नसमेत उठाएका छन् । आफुले संस्थामा दिएको राजिनामासहित अर्थ सरोकारमा गुनासो गर्दै उनीहरुले संस्थाका एचआर प्रमुखसहित उच्च व्यवस्थापनले आफुहरुलाई दुख दिएको भन्दै गुनासो गरेका छन्। 
के भन्छन् संस्थाका एचआर प्रमुख ?
यता संस्थाका एचआर प्रमुखको जिम्मा पाएका नवराज पोखरेलले भने कर्मचारीहरुलाई दुख दिने आफ्नो कुनै पनि नियत नभएको दाबी गरेका छन् । मर्जरको समय भएकाले केहिको राजिनामा स्वीकृत गर्न ढिलो भएको स्वीकार्दै उनले कतै जागिर खान अफ्ट्यारो भएको खण्डमा आफुले फोन नै गरेर बताइदिने भन्दै जवाफ दिएका छन् । यता राजिनामा स्वीकृत भएकाहरुको पनि राजीनामा अनेक सर्त राखेर स्वीकृत गरिएको छ । यी कर्मचारीहरु फ्रड नै हुन् भन्ने शैलीमा दिइएको राजिनामाप्रति कर्मचारीहरु असन्तुष्ट हुँदा उनले भने लघुवित्त समुदायमा आधारित व्यापार भएकाले भविष्यमा केहि आइपरे त्यसका लागि सुरक्षित हुन त्यस्तो भाषा प्रयोग गर्नुपरेको बताएका छन् ।
कहिले रोकिन्छ यस्तो प्रवृति ?
लघुवित्त कम्पनीहरुले आफ्ना कर्मचारीलाई राजिनामा स्वीकृत गर्न गरेको आनाकानी यो पहिलो घटना भने होइन । यसको दीर्घकालीन समाधान नहुँदा कर्मचारीहरु मारमा पर्दै आएका छन् भने यता कर्मचारीहरुले गरेको हुन सक्ने सम्भावित बदमासीको नजरअन्दाज गर्न सकिने स्थिति नहुँदा लघुवित्तका व्यवस्थापन टिम पनि सधैं कर्मचारीको गालीको पात्र बनिरहेका छन् । यस विषयमा नियामक नेपाल राष्ट्र बैंक पनि चनाखो बन्न जरुरी छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK