×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गर्यो १३.६८४ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

GLOBAL IME BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गर्यो १३.६८४ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई १३.६८४% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.५०% बोनस र ४.१८४% नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँ बराबरको बोनस र ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने समताले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: