
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणका लागि बोलाइएका एक खेलाडीमा कोरोना पुष्टी भएको छ । नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा बोलाइएका २० वर्षीय खेलाडीमा कोरोना पुष्टी भएको हो । एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा रहन बोलाएको थियो ।
नेपालमा यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना पुष्टी भएको थियो । फुटबलमा भने पहिलो पटक खेलाडीलाई कोरोना संक्रमण देखिएको हो । यस्तै स्क्वास खेलका प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अहिले होम आइसोलेसनमा छन् ।
बन्द प्रशिक्षणकै लागि एन्फाले खेलाडीलाई साउन १७ गतेदेखि क्वारेन्टिनमा राखेको थियो । यसै क्रममा एन्फाले भदौ १ देखि फुटबल टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भन्दै खेलाडी र अफिसियलहरुको कोरोना परीक्षण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्