- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बिहिबार झिनो अंकले अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९४ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्