- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५८ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ १८ पैसा रहेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११९ रुपैयाँ २२ पैसा रहेको थियो । युरो एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्