
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै फलफुल पसलहरु सुनसान देखिन थालेका छन् । यतिबेला सिजनको समय भएको भएतापनि सोचेजस्तो व्यापार भने भएको देखिदैन ।
वर्षायामको अन्त्य भएसँगै अव नेपालमा चाडपर्वहरु लस्कर लागेर आउने गर्दछन् । तर यसपालीको चाडपर्वहरु भने अन्य समयको भन्दा सुनसान हुने अनुमान गरिएको छ । कोरोना भाइरसका कारण थुप्रै व्यापार तथा व्यवसाय धरापमा परेका बेला फलफुल व्यवसायीहरुपनि आफु मर्कामा परेको बताउँछन् । ‘फलफुल खरिद गर्न आउँदा ग्राहकहरु अलि बढी नै सचेत हुने गर्छन्, कतिपय त धेरैले छोएको कोरोना सर्छ भन्दै फर्किन्छन् पनि’, सिता तिमल्सेनाले भनिन् ।


यसो त फलफुल व्यवसाय अन्यभन्दा अलि जोखिमपुर्ण नै मानिन्छ । तरकारी तथा फलफुलबाट पनि समुदायस्तरमा कोरोना फैलिएका तथ्यहरुपनि हामी नदेखेका वा नसुनेका भने पक्कै हाेइनौ । यसैले पनि फलफुल व्यवसायमा यसपालि आशलाग्दो व्यापार नाफा नभएको अर्का व्यवसायी राजु कुँवरले बताए । ‘सिजनको समय भएकोले पहिले नै फलफुल ल्याएर राख्यौँ तर अहिले व्यापार नहुँदा फलफुल सडेर जान थालेको छ । यस्तै चल्ने हो भने यसपालि चाँही नसोचेकै घाटा बेहोर्नुपर्ने निश्चित छ’, कुँवरले भने ।


यो समयमा विशेष गरि नेपाली महिलाहरु व्रत बस्ने तथा आफन्तहरुको चहलपहल पनि बढी हुने भएकोले फलफुल व्यवसाय राम्रै चल्ने गथ्र्यो तर यसपालि भने कोरोना भाइरस (कोभड १९) ले गर्दा व्यवसाय चौपट बन्दै गएको व्यवसायीहरुले गुनासो पोखेका छन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्