- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ हजार २ सयले बढेर प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम सुनको मूल्य ८६ हजार ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।