- अर्थ सरोकार सम्बाददाता
पोखरा । एकाबिहानै गण्डकीमा २५ जनामा संक्रमित थपिएका छन् । पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँका थप २५ जनामा संक्रमण प्सुह्ती भएको हो । प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेशमा नयाँ थपिएका संक्रमितमा ६ वर्षीय बालकदेखि ८७ वर्षीय वृद्धसम्म छन् । संक्रमित सबैलाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।