×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

Artha Sarokar

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये कास्कीका तीन, तनहुँका दुई र स्याङ्जाका एक जना छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवती र वडा नम्बर ८ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ। यस्तै, तनहुँको भानु नगरपालिकाका २८ र ३७ वर्षीय पुरुष र स्याङ्जाको गल्याङ नगरपालिकाकी ४० वर्षीय महिला कोरोना संक्रमित भएका छन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा राखिएको छ। निर्देशनालयका अनुसार गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ८१८ पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी