- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप २० जना कोरोना संक्रमित फेला परेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका अनुसार आइतबार चारजना महिलासहित २० जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ५०५ पुगेको छ ।
आइतबार फेला परेका संक्रमितमध्ये स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एक जना रहेका छन् । गण्डकीमा हालसम्म १२४५ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।