
- अर्थ सरोकार सम्बाददाता
बागलुङ । गण्डकी प्रदेशमा शुक्रबार १७ जनामा कोरोना पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा चार जिल्लाका १७ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा नवलपरासीको बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका १ का चार जना महिला र वडा नं.२ का २ जना पुरुष छन् । यस्तै देवचुली नगरपालिका १५ का एक जना महिला र १६ का एक जना पुरुषमा संक्रमण देखिएको छ । लमजुङको मस्याङ्दी गाउँपालिका ४ मा एक जना महिला र बेशीसहर ८ मा एक पुरुष, कास्कीको पोखरा महानगरपालिका ३० मा एक महिला र १७ का दुई पुरुषमा पनि संक्रमण पुष्टी भएको छ।
यस्तै तनहुँमा थप चार जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या दुई हजार २२ पुगेको । प्रदेशभर कोरोनाकै कारण नौ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्