×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखराको कास्‍की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका- १६ मा २ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखरा – १६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

आइतबार नै नवलपुरको विनय त्रिवेणी नगरपालिका( १ मा मात्र ३ जना महिला र ३ जना पुरुष गरी ६ जनालाई संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।
गोरखा नगरपालिका-१ मा २८ वर्षीय पुरुषमा पनि आइतबार दिउँसो संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७० जना पुगेको छ । जसमध्ये १ हजार ६ सय ११ जना निको भएर घर फर्केका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: