- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गरिमा विकास बैंकका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रुपन्देहीको देवदह खैरेनीस्थित एक शाखाका शाखा प्रमुखमा कोरोना संक्रमण पुष्टी भएको हो । यद्यपी उनमा कोरोनाको केहि लक्षण भने देखिएको थिएन । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यसअघि पनि सोही शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टी भएको थियो । पछिल्लो समय विभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।