Skip to content
LAXMI SUNRISE BANK

तनहुँका ‘बैंकर दम्पती’ मा कोरोना संक्रमण, श्रीमती गरिमा विकास बैंक र श्रीमान ग्लोबल आइएमई बैंकका कर्मचारी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

दमौली । तनहुँमा बैंकर दम्पतीमा कोरोना संक्रमण, पुष्टी भएको छ । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैंकमा कार्यरत श्रीमानश्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टी भएको हो । श्रीमती गरिमा विकास बैंकमा र  श्रीमान ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । 
उनीहरुमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंक एक हप्ताका लागि कार्यालय बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । साथै यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताए।
बन्दीपुर गाउँपालिकामा एक हप्तादेखि जारी निषेधाज्ञा आइतवार खुलेपनि दुवै जना बैंकमा भने आएका थिएनन्। दुवै बैंकमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK