×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Ground Zero : धनगढीमा ग्लोबल आइएमइ बैंकमा कोरोना संक्रमित कर्मचारीको कन्ट्रयाक्ट ट्रेसिङ किन भएन ? (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Ground Zero : धनगढीमा ग्लोबल आइएमइ बैंकमा कोरोना संक्रमित कर्मचारीको कन्ट्रयाक्ट ट्रेसिङ किन भएन ? (भिडियो)

Artha Sarokar

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । जताततै छ कोरोनाको त्रास । अझ त्यसमा पनि बैंकरहरु झन् बढी कोरोनाको जोखिममा देखिएका छन् । अझ बैंकहरुमध्ये पनि ग्लोबल आइएमइ बैंकका कर्मचारीमा कोरोना संक्रमण बढी देखिएको छ । ग्लोबल आइएमइ बैंकको देशभरका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएपछि जोखिम र त्रास दुवै बढेको हो । अझ सबैभन्दा बढी कर्मचारी संक्रमित हुने बैंक नै ग्लोबल आइएमइ बैंक हुँदै गर्दा मोफसलदेखि राजधानी काठमाडौँसम्मका विभिन्न शाखाहरु यति बेला सिल गरिएका छन् । ग्लोबल आइएमइ बैंकका दर्जानौं कर्मचारीहरु अहिले संक्रमित भएर आइसोलेसनमा छन् भने सयौं कर्मचारी क्वारेन्टाइनमा छन् । यसैबीच ग्लोबल आइएमइ बैंकको धनगढीस्थित शाखा कार्यालयमा पनि कोरोना संक्रमण भेटिएपछी आसपासमा त्रास बढेको छ।

सेती प्रादेशिक अस्पतालमा सोमवार भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाको चौराह नजिक रहेको ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा संक्रमण देखिएको हो । धनगढी उप–महानगरपालिका वडा नम्बर-४ मा डेरा गरी बस्दै आएका बैंकमा कार्यरत २६ वर्षीय युवकमा कोरोना देखिएको हो । बैंकका शाखा प्रबन्धक शम्भु जोशीका अनुसार बैंकको सीएसडीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि अहिले ती कर्मचारीलाई आइसोलेसनमा पठाइएको छ भने बाँकी कर्मचारीहरु क्वारेन्टाइनमा छन् । 

भएन  कन्ट्रयाक्ट ट्रेसिङ ?
बैंकमा पुगेका सेवाग्राहीहरु आफ्नो पसलमा पनि आएको हुन सक्ने भन्दै व्यवसायीहरु आतंकित भएका छन् । त्यसमा पनि कन्ट्रयाक्ट ट्रेसीङ नहुँदा उनीहरुमा झन् त्रास बढेको छ । के संक्रमित कर्मचारीसँग को को सम्पर्कमा आए भन्ने विषय महत्वपूर्ण विषय होइन र ? बैंकका शाखा प्रबन्धक जोशी कन्ट्रयाक्ट ट्रेसीङ सम्बन्धित निकायले गर्ने भएकाले आफुलाई यस विषयमा थाहा नभएको बताउँछन् ।यसै पनि कुनैबेला कोरोनाको केन्द्रबिन्दुका रुपमा चिनिने सुदुरपश्चिममा कोरोनाको त्रास बढेको छ । त्यसमा पनि अत्यावश्यक सेवाका रुपमा संचालन भइरहेको बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपपनि कन्ट्रयाक्ट ट्रेसीङ नहुनु भने लापरवाहीको हद हो भन्ने कुरामा दुइमत नहुन सक्छ । यस विषयमा बैंक, बैंकहरुलाई नियमनगर्ने नियामक नेपाल राष्ट्र बैंक, स्थानीय निकाय र प्रहरी प्रशासनको ध्यान जान जरुरी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी