×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको नयाँ व्याजदर सार्वजनिक, कुनमा कति ? (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। ग्लोबल आइएमई बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (भाद्र १५ गते, साेमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । 
प्रकाशित विवरण अनुसार बैंकको बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकमा १९ प्रकारको बचत खाता रहेको छ । बैंकको वैदेशिक मुद्रा बचत खातामा अमेरिकी डलरमा २ प्रतिशत र अन्य देशको मुद्रामा ०.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। 
यस्तै, बैंकको मुद्दती खातामा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ७ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको लागि ७.५० प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मको लागि ८ प्रतिशत र २ वर्ष माथिको लागि ८.५० प्रतिशत ब्याजदर कायम गरेको छ। यता, संस्थागततर्फ ३ महिनादेखि १ वर्ष सम्मको लागि ६.५० प्रतिशत, १ वर्षदेखि ३ वर्ष सम्मको लागि ७ प्रतिशत र ३ वर्ष माथिको लागि ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ। 
बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: