
- अर्थ सरोकार सम्बाददाता
बाँके । ग्लोबल आइएमई बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको कोहलपुर र नेपालगन्जमा शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टी भएको हो ।
जसमा बाँकेका २ जना छन् भने नेपालगन्जका १ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितको स्वस्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि पनि बैंकको नेपालगन्ज शाखामा कार्यरत २० जना कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।