×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ बज्राचार्यले सोमबारदेखि कार्यभार सम्हाल्ने !

PRIME CA

ग्लोबल आइएमई बैंकका नवनियुक्त सीईओ बज्राचार्यले सोमबारदेखि कार्यभार सम्हाल्ने !

अर्थ सरोकार

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । गत साउन ३० गते बैंकको सीईओ पदमा नियुक्त भएका बज्राचार्यले सोमबार अर्थात् भदौ १ गतेदेखि पदबहाल गरी आफ्नो कार्यभार सम्हाल्ने भएका हुन् ।
गत साउन ३० गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले चार वर्षका लागि सीओमा बज्राचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा सीईओको जिम्मेवारी सम्हालिसकेका छन् । वरिष्ठ चार्टर्ड एकाउन्टेन्टसमेत रहेका बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि सीईओको भूमिका निभाइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: