
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा ३ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकको नाफा गत वर्षको सोहि अवधिको तुलनामा ११.८०% ले धेरै हो ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिसम्म आइपुग्दा बैंकको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९२ पैसा छ । चुक्ता पूँजी भने १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । यस्तै रिजर्भ कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।
यद्यपी बैंकको यस अवधिमा वितरण योग्य नाफा भने घटेको छ । वितरण योग्य नाफा २८.६८%ले घटेर १ अर्ब ७३ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोहि अवधिमा वितरण योग्य नाफा २ अर्ब ४२ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ५६.२६% र सञ्चालन नाफा १२.७६% ले बढेको छ । यता प्रतिसेयर आम्दानी १० रुपैयाँ ८४ पैसाले घटेर १६ रुपैयाँ २७ पैसा कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्