×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुमा कोरोना संक्रमणको जोखिम उच्च, ग्लोबल आइएमइ बैंकमा थप १ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार

PRIME CA

बैंकहरुमा कोरोना संक्रमणको जोखिम उच्च, ग्लोबल आइएमइ बैंकमा थप १ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

  • अर्थ सरोकार सम्बाददाता 
ग्लोबल आइएमइ बैंक लिमिटेडमा कार्यरत थप एक दर्जन बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको नेपालगन्ज लगायतका शाखाहरुमा कार्यरत थप १ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

‘थप १ दर्जन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।’ बैंकका एक उच्च अधिकारीले भने, ‘सबैलाई सचेत हुन भनेका छौं । कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलसमेत गरेर निर्णय कार्वन्वयन तहमा पुगेका छौं। ‘  

संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा पठाइएको छ । अहिले संक्रमित भेटिएका बैंकका शाखाहरु सिल गरिएका छन् । ग्लोबल आइएमइ बैंकमा यसअघि पनि विभिन्न साखाका कर्मचारीहरु कोरोना संक्रमणमा परिसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: