×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमइ बैंकको हेड अफिसमा कार्यरत चार्टड एकाउन्टेन्टलाई कोरोना संक्रमण पुष्टी, स्वास्थ्य अवस्था सामान्य !

अर्थ सरोकार

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार

PRIME CA

ग्लोबल आइएमइ बैंकको हेड अफिसमा कार्यरत चार्टड एकाउन्टेन्टलाई कोरोना संक्रमण पुष्टी, स्वास्थ्य अवस्था सामान्य !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ग्लोबल आइएमइ बैंकको हेड अफिसमै कोरोना संक्रमित भेटिएका छन् । बैंकको आन्तरिक लेखापरीक्षण विभाग (इन्टरनल अडिट)मा कार्यरत एक पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बैंकको शंखमुलस्थित हेडअफिसमा कार्यरत उनको कोरोना टेष्ट रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । उनको रिपोर्ट पोजेटिभ आएपछि बैंकको उक्त शाखा आइतबारदेखि बन्द गर्ने तयारी गरिएको छ । हाल उनलाई आइसोलेसनमा राखिएको छ । उनी चार्टड एकाउन्टेन्टसमेत हुन् । 
यसअघि उपत्यकाका ग्वार्को, न्युरोड, कान्तिपथलगायतका शाखामा कोरोना संक्रमित भेटिइसकेका छन् भने देशभर बैंकका झन्डै ९० शाखाहरु कोरोना संक्रमण भेटिएपछी बन्द अवस्थामा छन् । ग्लोबल आइएमइ बैंक सबैभन्दा बढी कोरोना संक्रमित कर्मचारी भएको बैंक हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: