×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दर्जनौँ कर्मचारी कोरोना संक्रमित भएपछी बल्ल चेत्यो ग्लोबल आइएमई बैंक, गर्यो सबै कर्मचारीको कोरोना बीमा !

PRIME CA

दर्जनौँ कर्मचारी कोरोना संक्रमित भएपछी बल्ल चेत्यो ग्लोबल आइएमई बैंक, गर्यो सबै कर्मचारीको कोरोना बीमा !

अर्थ सरोकार

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । दर्जनौँ कर्मचारी कोरोना संक्रमित भएपछि ग्लोबल आइएमई बैंक बल्ल चेतेको छ । बैंकले दर्जनौँ कर्मचारीमा कोरोना पुष्टी भएपछी सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड–१९ ) बीमा गराएको हो । बैंकले स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्डलगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको हो । बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गराएको छ ।

पछिल्लो समय ग्लोबल आइएमई बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसकारण बैंकले कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दाबी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: